धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकाल्यो

अनामनगरस्थित भाटभटेनी नजिकैबाट धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ । थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

आइतबार साँझ बा.२ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भएर धोबिखोलामा खसेको थियो । दुई जना गोताखोर सहितको टोलीले नदीबाट ट्याक्सीलाई निकालेको थापाले बताए ।

ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई घटना भएको केहि मिनेटमै प्रहरीले उद्धार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *