
डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहार


अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ । ट्रम्प लक्षित गोली चले पनि उनी सुरक्षित रहेको बताइएको छ ।
फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि गत जुलाई १३ मा अमेरिकाको पेल्सिल्भेनियाको बट्लर क्षेत्रमा भएको चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो । त्यतिखेर उनको कानको टुप्पोमा गोली लागेर पनि बाँच्न सफल भएका थिए ।
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया