प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु

नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे।

आगामी असोजसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ। जङ्गी अड्डालगायत उपत्यकाका विभिन्न वाहिनी, गण, तालिम केन्द्र, पृतनामा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, पौडी र जुडो खेल सञ्चालन हुनेछन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले विसं २०६५ देखि प्रत्येक वर्ष  प्रतियोगिता सञ्चालन गर्दै आएको छ। खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ।

यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र  महिलातर्फ एञ्जिला कार्की प्रथम हुनुभएको छ। कार्यक्रममा खेलाडीबाट विभिन्न खेल कौशल प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर