उपसभामुख रानालाई जबरजस्ती पदबाट हटाउने प्रयास गरियो : गंगाकुमारी बेलवासे

नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताएकी छन् ।

उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारुढ काँग्रेस र एमालेले सो विषयलाई उचालेर जब्बरजस्त उनिमाथि कारबाही गर्न खोज्नु आफूहरुका लागि मान्य नहुने उनको जिकिर थियो ।

आईतवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटी भएपनि त्यस अनुसारको काम नभएको पनि बताइन् ।

उनले भनिन्– ‘उपसभामुखले मैली केही त्रुटीवस गल्ती गर्न पुगे भनेर गल्ती स्वीकास गरिसक्नु भएको छ । मान्छेहरु गएका पनि होइनन् । मैले त्यो भन्दा बाहेक अरु गल्ती गरेको छैन । त्यसमा मलाई चित्त बुझेको छैन । त्यस्ता खालको विषय जब्बरजस्ती फेरि उठाउनु उचित होइन ।’

सांसद बेलवासेले सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर