एमाले सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको थियो । बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ ।

त्यस्तै उपसभामुख इन्दिरा रानाको बारेमा पनि छलफल गरी पार्टीको धारणा बनाउने बताएको छ । बैठकमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर