स्वास्थ्य करका सबै रकम बीमाका लागि विनियोजन गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था आफूहरू लागि परेको मन्त्री पौडेलको भनाई थियो । शुक्रवार वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरूको तलबको २ प्रतिशत रकम पनि स्वास्थ्य बिमा कार्यक्रममा लागि छुटाउनुपर्ने प्रस्ताव गरे ।

स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्नका लागि सरकारले आधारको खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए । त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

उनले भने ‘राज्यको वेतन खानेहरूले २ प्रतिशत विमामा योगदान गर्ने व्यवस्था हुनुपर्छ भनेर हामीले भनेका छौं । स्वास्थ्य कर कोषको सबै पैसा बीमामा जाने व्यवस्था गरिनुपर्दछ । आज १२ अर्ब उठ्छ भने त्यसको २४ अर्ब उड्ने व्यवस्था गरिनुपर्दछ । मैले त के सम्म भनेको छु भने आमा बा बिरामी हुनुहुन्छ । उहाँहरुले ५ लाखको बीमा पाउनुभयो भने १२ महिना उहाँहरुले भत्ता पाउनु हुन्छ । त्यसका एक महिनाको पैसा बिमाको प्रिमियम तिर्न तयार हुनुहुन्छ । ५ लाखको उपचार पाइन्छ भने किन तयार नहुने रु त्यसैले यसको स्रोत सुनिश्चित गर्नका निम्ति हामीले आधार खोजीरहेका छौं । यो आधार विश्वसनीय भइसकेपछि सरकारले ५ लाख बीमा प्राप्त गर्नेगरी यो बीमाको व्यवस्थापन गर्नेछ ।’

मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । कार्यक्रममा अवसरमा अस्पतालका उपकुलपति प्रा. डा.भूपेन्द्र बस्नेतले आम नागरिकले चुस्त ढंगले सेवा पाउने गरी अस्पतालको कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *