हवाई यात्रुको ‘सुगर लेभल हाइ’ हुँदा दिल्ली उड्नै लागेको भिस्ताराको जहाज डाइभर्ट

भिस्तारा एयरमा सवार डायबिटिजका यात्रुको सुगर एकाएक बढेर अप्ठ्यरो भएपछि शुक्रबार दिल्ली उड्नै लागेको जहाज पुनः पार्किङ–वेमै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, ११ बजेर ३० मिनेटमा दिल्ली फर्किने तालिकामा रहेको भिस्ताराको ‘यूके–१५८’ उडान नम्बर भएको न्यरोबडी धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्किएको हो । १ सय ६१ जना यात्रु राखेर दिल्ली जान लागेको जहाजभित्र रहेकी एक महिला यात्रुले आफूलाई सुगर बढेका कारण अप्ठ्यारो भएको जानकारी दिएपछि चालकदलले जहाज उडिसकेपछि पायक पर्ने अर्न्तराष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्दा चुनौति थपिने भएकाले काठमाडौंमै ओराल्ने निर्णय लिएका हुन् ।

विमानस्थलका निर्देशकसमेत रहेका शेर्पाले ती यात्रुलाई जहाजबाट झारे लगत्तै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको बताए । ‘पार्किङ वेमा बिरामीलाई झारेर भिस्तारा दिल्ली उडिसक्यो,’ शेर्पाले भने । दिल्ली–काठमाडौं दैनिक दुई वटा उडान गर्ने भिस्ताराको शुक्रबारको यो पहिलो उडान हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर