बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको समेत निधन भएको छ।

दुर्घटनामा तीनजनाकाे मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे छ । मृत्यु भएका एक पुरुषको पहिचान खुलेको छैन ।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो ।

उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर