साँस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु हुँदैन : सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले साँस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साँस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गरिन्।

उनले साँस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन्। साँस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको उनको भनाइ थियो।

उनले भनिन्, ‘सांस्कृतिक कार्यक्रमहरुमा कुनै पनि राजनीतिक गन्ध आउनु हुँदैन। कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन। त्यसलाई न्यूनीकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ। यो विशुद्ध साँस्कृतिक पर्व हो। सबैजना रमाउने र खुशी हुने पर्व हो। यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हरदम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर