वीरगञ्जकाे हाेटलमा फेला परे भिसाबिना नेपाल छिरेका बंगलादेशी नागरिक

प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९ वर्षीय महम्मद सहादत हुसेन छन् ।

उनलाई बुधबार राति करिब सवा १० बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ स्थित आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

चाडपर्वलाई लक्षित गरी वीरगन्जस्थित होटलहरूको चेकजाँच गर्ने क्रममा ती बंगलादेशी नागरिकलाई फेला पारी सोधपुछ गर्दा उनको साथमा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेका कारण आवश्यक कारबाहीको लागि बिहीबार अध्यागमन कार्यालय वीरगन्ज पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर