संवैधानिक परिषद् बैठकका लागि शीर्ष नेताहरुबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को जटिलता फुकाउन प्रमुख सत्ता साझेदार र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकका लागि परामर्शका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।

साथै तीन शीर्ष नेताको भेटवार्तामा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले बुधवार बोलाएको संवैधानिक परिषद्को बैठक अन्तिम समयमा स्थगित भएको थियो । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर