एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार

‘ए’ डिभिजन क्लवका रूपमा एन्फा महिला फुटबल लिग खेलेको संकटाले बुधवार कर्णाली प्रदेशमाथि २–० को जित निकालेको छ ।

जारी एन्फा महिला लिगमा चौथो खेलमार्र्पmत संकटाले पहिलो सफलता पाएको हो । यता, बुधवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले पनि कोशी प्रदेशमाथि ४–० को जित निकालेको थियो । यसअघि तीन खेल गुमाएको संकटालाई पहिलो सफलता दिलाउन दुई विदेशी खेलाडीको भ्ुमिका रह्यो । संकटाको जितमा सेलिना एनिमा र टेमिलोप जेनिफरले गोल गरेकी हुन् । कर्णालीले पहिलो हाफमा संकटालाई रोक्ने प्रयास गरेको थियो । तर सफलता पाउन भने सकेन । पहिलो हाफको थप समयमा एनिमाले गोल गर्दै संकटालाई अग्रता दिलाइन् । यससँगै दोस्रो हाफअगाडि संकटाले अग्रता लियो ।  ५५ औं मिनेटमा संकटाले अग्रता दोब्बर बनायो । संकटाको दोस्रो गोल पनि विदेशी खेलाडी तेमिलोप जेनिफरबाट सम्भव बन्यो । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले पहिलो तीन अंक बटुल्यो । जितसँगै चार खेलबाट चार अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको कर्णाली समान खेलबाट एक अंकका साथ नवौं स्थानमा छ ।

यसअघि त्रिभुवन आर्मी फुटबल क्लव र वालिङ नगरपालिकासँग हार व्यहोरेको संकटाले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो । यता चन्द्रपुरसँग बराबरी खेलेको कर्णालीले भने वालिङ नगरपालिका र कोशी प्रदेशसँग हार व्यहोरेको थियो । बुधवार नै विभागीय टोली नेपालले बलियो मोफसलको टोली कोसी प्रदेशविरुद्ध हाबी भयो । एन्फा कम्प्लेक्समा पुलिसको जितमा अनुष्का शेर्पा, मनीषा उपाध्याय, सम्झना लावती र अमृता जैसीले गोल गरे । खेलको २४औं मिनेटमा अनुष्काको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।

त्यो गोलबाट नै पुलिसले पहिलो हाफमा अग्रता बनायो । तर, दोस्रो हाफमा पुलिसले तीन गोल थप्दै जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको कोशीमाथि हाबी भयो । दोस्रो हाफको सुरुआतमै पुलिसले अग्रता दोब्बर बनायो । ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरेकी हुन् । सम्झनाले ८०औं मिनेटमा गोल गरेपछि पुलिस ३–० ले अगाडि रह्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी पुलिसले चौथो गोल थप्यो । अमृता जैसीले गोल गरेपछि पुलिसले कोसीमाथि ४–० को सहज जित निकालेको हो ।

लगातार तेस्रो जितसँगै चार खेलबाट १० अंक जोडेको पुलिस शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हार व्येहोरेको कोशी समान खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसअघि विभागीय प्रतिद्वन्द्वी एपिएफसँग बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम र बागमतीलाई पराजित गरेको थियो । यसअघि कोशीले भने वालिङ नगारपालिका, बागमती युवा क्लब र कर्णाली प्रदेशलाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर