सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार चाँदी १ हजार ७६५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर