सरकारी कर्मचारी पढेलेखेका गुण्डा हुन् : निर्माण व्यवसायीहरु

निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् ।मंगलवार बागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा बोल्दै निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी निलो पाइन्ट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् ।

निर्माण व्यवसायीहरुको असली दुश्मन सरकार भन्दा पनि कर्मचारी भएको उल्लेख गरे । उनीहरुले निजामती कर्मचारीहरुले अघिल्लो पुस्ताका निर्माण व्यवसायीहरुलाई पनि दुःख दिएको र अहिले पनि सुधार नभएको दाबी गरे ।

कतिपय व्यवसायीहरुले भने निर्माण व्यवसायीहरुका भुक्तानी,म्याद थप,सार्वजनिक खरिद नियमवाली लगायतका विषयमा एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी निकोलश पाण्डेले निर्माण व्यवसायीहरुको असली दुश्मन भनेको नेपाल सरकारका निजामति कर्मचारी भएको आरोप लगाए । उनले सरकारी कर्मचारीहरु भनेको निलो पाइन्ट र सेतो टिसर्ट लगाउने पढेलेखेका गुण्डा भएको गम्भिर आरोप लगाए ।

उनले सरकारी कर्मचारीहरुले विगतमा र आजको दिनसम्म पनि दुःख दिइरहेको भन्दै सुधारको लागि निर्माण व्यवसायीहरु एक जुट हुन आवश्यक रहेको औंल्याए । उनले निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न,ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्दा, हस्ताक्षर भएपछि काम शुरु गर्दा, विल बनाउँदा र आयोजनाहरुको म्याद थप गर्न समेत पैसा घुस दिनुपर्ने अवस्था रहेको बताए । उनले यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घरखेत विहीन बनाएकाले निर्माण व्यवसायीहरु पनि पलायन भइसकेको दाबी गरे ।

उनले भने,‘निर्माण व्यवसायीहरुको असली दुशमन भनेको नेपाल सरकारका निजामति कर्मचारीहरु हुन । यीनीहरु भनेको निलो पाइन्ट र सेतो टिसट लगाउने पढेलेखेका गुण्डा हुन् । यिनीहरुले हाम्रो बुबाहरुलाई पनि दुःख दिए । आजको दिनसम्म पनि दुःख दिइरहेका छन् । निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न पैसा दिनुपर्छ । ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्न पैसा दिनुपर्छ । हस्ताक्षर भएपछि काम शुरु गर्दा पैसा दिनुपर्छ । बिल बनाउन समेत पैसा दिनुपर्छ । आयोजनाहरुको म्याद थप गर्न समेत पैसा लिन्छन् । यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घर खेती विहीन बनाएको छ । पछिल्लो समय साना र सम्झौता मात्रै होइन ठूला निर्माण व्यवसायीहरु पनि पलायन भइसकेका छैन । कालिका तहका निर्माण व्यवसायी पनि पलायन भएका छन् । उहाँहरुसँग कसरी जुध्ने हो । निर्माण व्यवसायीहरुले त्यो कुरा सोच्नुपर्छ जस्तो लाग्छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुमा समस्या समाधान गर्नको लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रुपमा एकिकृत भएर पूर्वाधारमैत्री ऐन कानून एक जुट हुनु पर्ने आवश्यकता रहेको बताए । उनले नेपालको पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याए तर पनि कार्यान्वयन नभएको गुनासो आईरहेकाले सहजिकरणको लागि महासंघ लागि रहेको बताए ।

उनले निर्माण व्यवसायी महासंघको पहलमा बैंकिङ कुसरका सम्बन्धमा सतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएको बताए ।

उनले भने,‘निर्माण व्यवसायीहरुमा समस्या समाधान गर्नको लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रुपमा एकीकृत भएर पूर्वाधार मैत्री ऐन कानून एक जुट हुनु पर्ने आवश्यकता छ । नेपालको पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याएको छ । तर कार्यान्वयन नभएको गुनासो आइरहेको छ । बैंकिङ कुसरका सम्बन्धमा सतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएका छौ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनमा समस्या भएको बताए । उनले बैंकको कार्यविधिमा मौद्रिक नीति जारी भएको मितिबाट मंसिरसम्म मात्रै भनिएको भन्दै त्यसले चेक अनादरका विषयमा व्यवसायीहरुको समस्या समाधान नहुने बताए ।

उनले सरकारले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको वर्षौं भएको भन्दै सरकारले व्यवसायीहरुको आँखा छल्ने गरी नीति ल्याएको बताए । उनले व्यवसायीहरुका समस्या समाधानको लागि व्यवसायीहरु एक हुन जरुरी रहेको बताए ।

महासंघका महासचिव रोशन दाहालले अहिले इतिहासकै गम्भिर मोडमा निर्माण व्यवसाय पुगेको बताए । निर्माण व्यवसायीसँग सम्बन्धित अहिले भएका नियमावली र ऐनहरुलाई राज्यका निकायहरुबाट खोजिर व्यवसायी माथि प्रहार भइरहेको उनले बताए ।

सरकारले व्यवसायीहरु माथि दुःख दिएपनि ठेक्कामा बिलो हाल्ने प्रथामा व्यवसायीहरु डटेर लागिरहेको उल्लेख गर्दै उनले पछिल्लो समय पुराना निर्माण व्यवसायीहरु पलायन भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर