‘सार्वजनिक सेवा प्रशारण विधेयक २०८१’ प्रतिनिधि सभाबाट पारित

‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेश गरेको सो विधेयक बहुमतले पारित भएको हो ।

विधेयकमा सार्वजनिक सेवा प्रशारक संस्थाहरुलाई विश्वसनीय र तथ्यपरक बनाउने मूल उद्देश्यसहित सो विधेयक ल्याइएको उल्लेख गरिएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २६ गते बुधवार (भोलि) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर