चाडपर्वमा सडक यातायातमा समस्या हुन नदिने गरी सडक पूर्वाधार मर्मतको काम हुँदैछ : भौतिकमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दशैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम शुरु गरेको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले दशैंको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए ।

उनले नियमित रुपले बनाउने सडक पूर्वाधारसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरे । उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिए ।

उनले संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरुमध्ये ५ हजार किलोमिटर सडक मर्मत अघि बढेको उल्लेख गरे । निर्माणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरामा सरकार गम्भिर भएर लागेको उनले जानकारी दिए ।

निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निर्माण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कडाइका साथ निर्देशन दिएको उनले बताए । सडक सुरक्षा ऐन अहिलेसम्म नबनेकाले कानून बनाउन सरकार लागेको समेत मन्त्री दाहालले बताए ।

उनले भने,‘दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्येनजर राखेर दुई तरिकाले बाटो मर्मत सरकारले गरिरहेको छ । नियमति रुपले बनाउने सडक पूर्वाधार छदैछन्। वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको कुरा महत्वपूर्ण छ । संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको छ । सडक मर्मतको काम शुरु भएको छ । संघीय सरकारको मातहतमा रहेका देशभरमा सडकहरु मध्ये ५ हजार किलोमिटर सडक मर्मत हुने अवस्थामा छन् । निार्मणधिन बाटोमा पनि सहज आवागमन गराउने कुरा महत्वपूर्ण छ । निर्माणधिन सडकमा सहज यातायात आवागमनको लागि निार्मण कम्पनीको जिम्मेवारी भएकाले निर्माण कम्पनीलाई कर्डाका साथ भनेका छौं । यातायात आवागमनमा असहज हुनुहुँदैन भनेर निर्देशन दिएका छौं । सडक सुरक्षा ऐन नबनेकाले कानून बनाउन सरकार लागेको छ ।’

मन्त्री दाहालले रुग्ण आयोजनाहरुको काम अघि बढाउनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएर काम भइरहेको बताए । निर्माण व्यवसायहरुसँग अध्ययन गर्ने भनि सरकार र निर्माण व्यवसायी महासंघले निकालेको निष्कर्षका आधारमा रुग्ण आयोजना अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर