देवेन्द्र पौडेलको प्रश्न- मन्त्रीहरू माथि पनि प्रश्न उठेको छ, राजीनामा दिन तयार हो ?

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसद्‍मा प्रवेश हुनु दुःखदायी भएको जिकिर गरे।

उनले सहमतिको आधारमा उपसभामुख बनेकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राखे। यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने उनको भनाइ थियो।

उनले भने ‘प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरू उठेको छ। सरकारका मन्त्रीमाथि भुटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टी स्टेट प्रकरणमा प्रश्न उठेको छ, राजीनामा दिन तयार हो ?”

उgले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर