साढे ४ लाख घुससहित वडाध्यक्ष र वडा सचिव अख्तियारको नियन्त्रणमा
२५ भदौ २०८१ १६:०८
वडाध्यक्ष र वडा सचिवसहित तीन जना साढे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।
वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस र रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया