सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिएका छन् ।

मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गरे ।

‘कोषले सञ्चयकर्तालाई निपेक्ष रहने तहमा होइन । सञ्चयकर्तालाई आकर्षित गर्नुस् । सञ्चयकर्तालाई आकर्षित गर्दा क्षेति नोक्सानीको कोणबाट होइन । उपलब्धीको कोणबाट हेर्नुस्,’उनले भने,‘तपाईहरुले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्नुस् । इफिसेन्ट जनशक्तिलाई लिएर काम गर्नुस् । तर नेपालमा रोजगारीको पनि आवश्यकता छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका माध्यमबाट काम गरिरहेको छ ।’

उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताए ।

‘सञ्चय कोषमा सञ्चयकर्ताहरुले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठूलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरु नै हो,’उनले थपे,‘सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला ।’

उनले कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गरे । उनले दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए ।

उनले नेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताए ।

उनले संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताए । उनले कोषमा ५ सय दरबन्दी धेरै भएपनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गरे ।

उनले भने– ‘कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ । ५ सय दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नु भएकै छ । कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकता अनुसार घट्ने र बढ्ने गर्छ ।’

उनले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताए । उनले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर