नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छ : भारतीय अभिनेता नवाजुद्दिन
२५ भदौ २०८१ १२:४१
भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् ।
सोमबार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन् ।
उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे ।
‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन्, उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन्’, उनले भने ।
अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए ।
- आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन
- फुपूभदैनी मृत्यु प्रकरण : फोनबाट प्रेम, यौन प्रस्ताव अस्वीकार गर्दा हत्या
- इप्पान र प्रोक्लाइम इन्डियाबिच कार्बन उत्सर्जन कम गरेबापत हाइड्रोपावरले पाउने रकम भित्र्याउन सम्झौता
- पाथीभरा केवलकार निर्माण विवाद : वार्ताबाट समस्या समाधान गर्न गृहले पठायो पत्र
प्रतिक्रिया