पलेशालाई ५ लाखसहित काँग्रेसद्वारा सम्मान

नेपाली काँग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक ओलम्पिकमा पदक विजेता पलेसा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी  प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित काँग्रेसले सम्मान गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेसा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् ।सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतको सहभागिता थियो ।  पलेसा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *