सुनको मूल्य तोलामा १२०० घट्यो

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *