गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी
२१ भदौ २०८१ १९:४२
सरकारले गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि गृह सचिवको जिम्मेवारीमा एकनारायण अर्याल रहेका थिए । उनी मुख्य सचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त थियो ।
प्रतिक्रिया