बर्दियामा गैंडाको आक्रमणबाट गाइड चौधरीको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–६ स्थित निकुञ्जमा जंगल सफारीका क्रममा गैंडाको आक्रमणबाट गाइड मनमोहन चौधरीको मृत्यु भएको छ। एक अमेरिकीसहित बन हेरालु गरी दुई जना घाइते छन्।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको डल्ला सामुदायिक वनमा गैंडाले आक्रमण गरेको थियो। बनको सीमामा नै आक्रमण भएको थियो।

घाइतेमध्ये अमेरिकी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको निकुञ्ज सुरक्षारार्थ खटिएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *