![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो](https://www.pardafas.com/wp-content/uploads/2024/07/gold-2.jpg)
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया