वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक : अग्नि सापकोटा

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन्।

बिहीवार काठमाडौँमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले अहिलेको परिस्थितिमा पुनः एकपटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताए।

नले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए।

उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए। उनले नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने बताए।

‘यो परिस्थितिमा हामीले फेरि एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ,’ उनले भने‚ ‘मुख्यतः हामीले राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ- सबै एकताबद्ध भएर नेपाल नेपालीहरुको हो‚ नेपाल नेपालीहरुले चलाउनुपर्छ। हामी कसैको हैकम मान्नेवाला छैनौँ।’

उनले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *