नेपालमा मानवीय कामहरूलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानुन आवश्यक

नेपालमा मानवीय कामहरूलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानुन आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

बुधवार नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले यस्तो कुरा बताएका हुन।  मुलुकमा समयअनुसार फरक प्रकृतिका मानवीय संकटहरु देखा पर्दै गएकाले समयानकुलको सेवा प्रदान गर्नेको लागि कानुन आवश्यक रहेको बताए ।

महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले कानुनको अभावमा पछिल्लो समय धेरै समस्याहरू भोग्दै आएको बताए। उनले सबै रेडक्रसकर्मीहरूको चाहना रेडक्रस कानुनमार्फत रेडक्रसका कामहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।उनले कानुनी रुपमा रेडक्रसका कामहरूलाई व्यवस्थित बनाउन सके मात्रै मानवीय सिद्धान्त र आधारभूत मान्यताहरू पूरा गर्न सकिने धारणा राखे। उनले समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानुनको अपरिहार्य आवश्यक भएको दाबी गरे ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको नेतृत्व कमिटी निर्वाचित भएर आएको भन्दै काम नगर्ने भन्ने विषयमा दुबिधामा नरहन आग्रह गरे । उनले अहिलेको कमिटी तदर्थ समिति नभई निर्वाचित भएर आएको भन्दै सबैले सम्मान गर्नुपर्ने बताए।

उनले सोसाइटीले समाजमा परिणाम देखिने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले समाजमा परिणाम देखिने गरी काम गरे मात्रै समाजले फाइदा पाउने बताए । सोसाइटीले पछिल्लो एक वर्षमा बाढी,पहिरो र चट्याङ्कका कारण समस्यामा परेका १५ सय ७९ परिवारलाई ५० लाख बराबरको नगद र गैर खाद्य राहत सामग्रीहरू वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर