एमसीसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसीसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले आफ्नो पार्टी तत्काल एमसीसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले एमसीसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने बताए ।

उनले सांसदले एमसीसी परियोजना सामरिक होइन र नेपालको कानुनअनुसार नै अघि बढ्छ भन्ने विश्वास जनतालाई दिन सक्नुपर्ने उल्लेख गरे। महासचिव भुसालले एमसीसीलाई नेपालको विरुद्ध नहुने गरी लैजानका लागि भरपर्दो माध्यम बनाउन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *