माओवादीलाई काँग्रेस सांसद ढुंगानाको जवाफ- यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र रु भन्दै माओवादी सांसलाई प्रश्न गरे। उनले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताए।

उनले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको बताए। उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरु एक भएपछि देशमा परिवर्तन आएको बताए।

उनले भने, ‘जहाँसम्म अहिले एक जना मित्रले भन्नुभयो, संघर्ष गर्नुभयो तपाईंले। गर्नु भएन होला भन्नेकुरा भएन। तर तपाईंले गरेको यो संघर्षबाट नेपाली जनतालाई के भयो ? के पीडा भयो ? त्यो त थियो नि। अहिलेको परिस्थितिसम्म पु¥याउँदै गर्दा नेपाली कांग्रेसको जुन योगदान छ, नेपाली काँग्रेसले जुन किसिमबाट संघर्ष अघि बढाएर लग्यो। सात दल अनि जुन दलहरुको विचार मिल्दैन थियो, त्यो सम्पूर्ण दलहरुको विचारलाई एक ठाउँमा उभ्याएर राष्ट्र, लोकतन्त्रका लागि, प्रजातन्त्रका लागि एक ठाउँमा उभ्याएर तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला अघि बढ्नुभयो। जसले गर्दा यो परिवर्तन भयो। साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र रु तपाईंले पनि त्यो बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आउनुप¥यो र त्यो शान्तिपूर्ण आन्दोलनले यो देशमा परिवर्तन ल्यायो। त्यो शान्तिपूर्ण आन्दोलनले देशमा गणतन्त्र ल्यायो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *