आज मोती जयन्ती मनाइँदै
१७ भदौ २०८१ ९:१४
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
यसै अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि नेपाली समाचार सेवा औपचारिक रूपमा २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाको आज औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा नेपाली समाचार सेवाको २४सै घण्टा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया