गण्डकीमा अब ९ मन्त्रालय, २ वटा मन्त्रालय फुटाइयो

गण्डकी प्रदेशमा मन्त्रालय थपिएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा फुटाएर ९ मन्त्रालय पुर्याइएको हो ।

हाल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय छुट्टाछुट्टै बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । मन्त्रालय थपे पनि संगठन संरचना थप गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

‘मन्त्रालय मात्रै थपिएको हो । संगठन संरचनामा कुनै असर पर्दैन । अहिले पनि मन्त्रालय ९ वटै छन्, सचिवहरु ९ जना छन्,’ उनले भने, ‘अब मात्र मन्त्री थपिने हो । उहाँका २–३ जना सहयोगी थप होलान् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर