ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति १३ भदाैकाे निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।

इलेक्टिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील छन् ।

विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभारसमेत ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर