सीमा क्षेत्रमा खटिदा ईमान्दारिताको प्रतिक बन्न महानिरीक्षक अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दारीताको प्रतिक बन्न निर्देशन दिएका छन् ।

बिहिवार सशस्त्र प्रहरी बल, नेपाल नंं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी मातहत सीमामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुको निरीक्षण भ्रमणका क्रममा महाननिरीक्षक अर्यालले सो निर्देशन दिएका छन् ।

सीमा सुरक्षामा खटिदा सशस्त्र प्रहरी कर्मचारीहरु विशेष चनाखो भई कार्य गर्न निर्देशन दिँदै उनले सीमामा हुने अबैध क्रियाकलापहरुलाई रोक्न तथा राजश्व संकलनमा समेत अहम भूमिका निर्वाह गर्दै उत्कृष्ट कार्य गर्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले झापा र मोरङ्गका सीमा ईलाकामा तैनाथ विभिन्न युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न लोभलालच भन्दा माथि उठेर राष्ट्र र संगठनको शान, मान, प्रतिष्ठा र इज्जत बढाउनको लागि उत्कृष्ट तवरमा परिचालित रहन निर्देशन दिए ।

सोही अवसरमा महानिरीक्षक अर्यालले मेची भन्सार कार्यालय झापाका प्रमुख लगायत अन्य कर्मचारीहरुसँग राजश्व संकलन बृद्धिका विषयमा छलफल गरेका छन्  ।

उनले चोरीनिकासी तथा पैठारी  नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालयका कर्मचारी लगायत सम्बन्धित अन्य सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वय कायम राख्दै यसलाई अझै प्रभावकारी रुपमा कार्य गर्नुपर्ने बताए।

यसैगरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाको समेत निरीक्षण गर्नुभर्ई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरु अनुशासनमा रही ईमान्दारितापूर्वक देश र जनताको हितमा काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *