टीआरसी विधेयक प्रमाणीकरणसँगै ९ देश र युराेपियन युनियनकाे स्वागत
नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी विद्येयक प्रमाणीकरण भएकोमा अमेरिकासहित युराेपियन युनियन,अष्ट्रेलिया र बेलायतसहित ९ देश र युराेपियन युनियनले संयुक्तरुपमा स्वागत गरेका छन् ।
९ देश र युराेपियन युनियनले नेपालकाे राजनीतिक संक्रमणलाई सुरुवातबाटै हेर्दै आएका थिए ।
यसरी स्वागतगर्ने देशहरुमा जापान ,अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, फिनल्याण्ड, जर्मनी र फ्रान्स छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल सरकारले आगामी बाटो कसरी तय गर्छ भन्नेमा पनि लेखिएको छ । भनिएको छ, ‘हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ ।’
नेपालका दुवै सदनबाट संक्रमणकालीन न्यायको विद्येयक प्रमाणीकरण भएसँगै पश्चिमा देशहरुले स्वागत गरेका छन् । तर, जापान बाहेकका अरु देशहरुले भने यसमा मौनता साँधेका छन् ।
- ७६३ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)
- लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : माधव नेपाल
- ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
प्रतिक्रिया