नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछ : राजदुत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तावले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताए ।

उनले भने, ‘भारत सरकार र भारतको नेपालप्रति जुन आत्मीयता र मित्रता छ, यो सदैव कायम रहनेछ । यस अन्तर्गत हामी नेपालसँग जति सक्छौँ, तपाईंहरुको जरुरतअनुसार पूरा गर्ने कोशिस गर्नेछौँ । स्वास्थ्य होस् वा विकासको क्षेत्रमा हामीले सकेको सहयोग गरिरहेका छौँ ।’

उनले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *