प्रधानमन्त्री ओलीसँग ओमानका विदेश मन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा उहाँहरूबिच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेश मन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आएको हो । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *