३० वर्षे सेवा अवधि लागू नगर्न देशभरका युनिटलाई प्रहरीको पत्राचार

३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ।

आइतबार सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन) मा जाने भनेलगत्तै प्रहरी प्रधान कार्यालयले आइतबार (भदौ ९) को मितिमा उक्त पत्राचार गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ (क) सहितका रिट निवेदकको मागबमोजिम सर्वोच्च अदालतले भदौ ७ गते ३० वर्षे सेवा अवधिका आधार तत्काल कसैको अवकाश नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशले भदौ १५ मा ३० वर्षे सेवा अवधि लागेर अवकाश हुन लागेका ९० प्रहरी अधिकृतले अर्को आदेश नभएसम्म अवकाश हुनु नपर्ने भएको छ। सर्वोच्चले असोज १० गते अर्को पेशी तोकेको छ। नेपाल प्रहरीका कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि लागू नगर्न सर्वोच्चबाट अन्तरिम आदेश आएसँगै आइतबार नै सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले अर्को रिट दायर गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *