नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।

सोमबार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताएका हुन्।

नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको उनको भनाइ थियो। उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गरे।

उनले नेपाल मेलमिलाप र शान्तिपूर्ण देश भएको बताए। उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै जति बिथोल्न खोजे पनि र जति भाँड्न खोजे पनि नभाँडिने जिकिर गरे। नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर