सुनकोशीमा खसेको गाडी भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ भने त्यसमा सवार तीन यात्रु हराइरहेका छन्।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ गइरहेको जीप शनिबार साँझ गोलन्जोर गाउँपालिका १, कुँडुलेमा पल्टिएर सुनकोशीमा खसेको थियो। गाडीमा सवार एक जना पौडिएर बाहिर आएका थिए भने तीन जना हराइरहेका छन्।

गए राति २ बजे घटनास्थल नजीकै हाइलक्स फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक ९एसपी० गोविन्दराज काफ्लेले बताए।

गाडीमा चार जना सवार थिए। उनीहरूमध्ये भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित जगातीका ३२ वर्षीय अविन बाके, ३० वर्षीय प्रनित स्यागू र ३७ वर्षीय बलराम घटुवा सुनकोशीमा हराइरहेका छन्।

गाडीमा सवार जगातीकै २७ वर्षीय सुशान्त कक्षपति पौडी खेलर बाहिर निस्केका छन्। उनी नदीबाट निस्केर राति नै प्रहरीको सम्पर्कमा आएका हुन्।

हराइरहेका तीन जनाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले सुनकोशीमा खोजी गरिरहेको एसपी काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर