झन्डै ४ करोड मुल्य बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

१ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टका ३५ वर्षीय वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

इथियोपियाबाट दोहाहुँदै कतार एअरवेजमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीले बताए ।

निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकालेर बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो । बरामद कोकिनको  बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर