तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं ल्याइयो

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरामा पृथ्वी राजमार्गबाट मस्र्याङदी नदीमा बस खस्दा गम्भीर घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको हो । हेलिकोप्टरमार्फत ल्याइएका उनीहरुलाई काठमाडौँको महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पताल लगिएको छ ।  थप घाईते उद्धारको लागि हेलिकोप्टर पुन: घटनास्थलतर्फ गएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।

उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार भइरहेको छ ।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए । उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ ।

पोखराबाट काठमाडौंतर्फ गइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस सडकबाट नदीमा खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *