तनहुँ बस दुर्घटना : १४ जनाको शव निकालियो, १६ जनाको उद्धार

तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बलका अनुसार १४ जनाको शव निकालिएको छ । १६ जना घाईतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको जनाइएको छ ।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको जनाइएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी र सेना पनि उद्धारमा खटिएको छ।

पोखरादेखि काठमाडौँका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार अहिले घटनास्थलबाट सेना प्रहरीले उद्धारको काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *