साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै समूह विजेता बन्यो नेपाल

साफ यु-२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे ।

नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए । यो खेल समूह विजेताका लागि थियो । जहाँ घरेलु टोली नेपालले बाजी मार्‍यो ।

नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ समूह चरणबाट बाहिरिसकेको छ । नेपालको सेमिफाइनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि टुङ्गो लाग्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको जारी नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर, बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।

नेपालका लागि १७ मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोन अघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले अविनाश स्याङ्गतानको क्रसमा वान टचमा गोल गरेका थिए । जारी च्याम्पियनसिपमा निराजनको यो दोस्रो गोल हो । उनले श्रीलंकाविरुद्ध पहिलो खेलमा पनि गोल गरेका थिए ।

३६ मिनेटमा निराजन धामीको फ्रि हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने असर गुमायो । ४३ औ मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायो ।नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । त्यसमा इस्लामले गोल गर्दै गोल अन्तर कम पारे ।

दोस्रो हाफमा भने दुवै टोलीले खासै अवसर बनाउन सकेनन् । ५०औ मिनेटमा नेपालका निराजन धामीको प्रहार बंगलनदेशी गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यस बाहेक अन्य मुभ बन्न सकेन । ईन्जुरी टाईमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गरेका थिए ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर