साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ।

उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो।

बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *