परराष्ट्रमन्त्री देउवा र भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले भेट गरेका छन् ।

बुधवार नयाँ दिल्लीको साकेतस्थित शेराटन होटलमा भेटघाट भएको हो। भेटमा भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका छन्।

भेटलगत्तै चौथाईवालेले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै भारत-नेपाल सम्बन्धलाई सुदृढ गर्न नयाँ अवसरहरूबारे छलफल गरिएको बताएका छन् ।

भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । उनी  भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *