रास्वपा केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *