खेलकुदमा लगानी बढाउन आवश्यक : मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

सोमबार साँझ नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताएका हुन् ।

उनले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताए । उनले क्रिकेट नेपालका पहिचान भएको बताए । उनले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको उल्लेख गरे ।

नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताए । उनले खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गरे । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताए ।

‘क्रिकेट नेपालका लागि एउटा पहिचान मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको छ । नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै पनि यसो हेर्दा क्रिकेट रंगशाला अहिले पनि व्यवस्थित रुपमा कुनै रंगशाला हुन सकेको छैन । तर खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित छन्’ उनले भने,’खेलाडीहरु राष्ट्रका गहना हुन् । खेलाडीहरुलाई सुविधा र भौतिक पूर्वाधार दिन सकिएको छैन । ट्रेनरहरुलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व हो । यसमा पर्याप्त लगानी गर्नुपर्छ । खेलकुदको भौतिक पूर्वाधारमा म आफै चासो दिएर पहल गरिरहेको छु ।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको बता‍ए । उनले नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताए । नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको बताए । खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने बताए ।

सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डको रुपमा प्रश्तुत भएको जिकिर गरे । नेपाल प्रिमियर लिगले अझ माथि पुर्याउने बताए । एनपीएल आगामी मंसिर १५ गतेदेखि हुन लागेको क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *