राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै,कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *