परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारीगर्दै भारतीय विदेश मामिला मन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले  भाेलि २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने र दुई देशीय सम्बन्धका बारेमा छलफल गर्ने बताइएको छ  ।

परराष्ट्रमन्त्री देउवा ६ भदौमा स्वदेश फिर्ता हुने छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *