सीआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँ : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सीआईपी सम्मान (व्यावसायिक महत्त्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सीआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्न सके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने उनको भनाई थियो । उनले सीआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गरे ।

उनले भने, ‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरूको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्ने कुरा राख्न चाहन्छु । माननीय मन्त्रीज्यूले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्यूले जुन इन्करेज गर्नुभयो । त्यसको लागि मन्त्रीज्यू र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु । श्रीमान् सचिवज्यू वास्तवमा यो सीआईपीको डेट फिक्स गरौँ । यो दिन नेपाल सरकारले सीआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ । यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ । जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ ।’

अध्यक्ष ढकालले अहिले सकारात्मक माहौल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्त्वपूर्ण उपलब्धि हुने विश्वास राखे । उनले दुई ठुला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यावसायिक वातावरण मिलेको महसुस भएको बताए । उनले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *